पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घट्यो

ओकेखबर संवाददाता ३२ श्रावण २०८१, शुक्रबार ०६:०३ मा प्रकाशित ( महिना अघि) ५५ पाठक संख्या

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको हो ।

पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटेको छ । डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य घटाइएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

इन्डियन आयल कर्पोरेशनबाट बिहीबार मूल्य घटेर आएपछि नेपालमा पनि भाउ घटाइएको निगमले जनाएको छ ।

घटेको मूल्यअनुसार काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ र डिजेल तथा मट्टितेल १५५ रुपैयाँ कायम भएको निगमले जानकारी दिएको छ ।

यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १६२ रुपैयाँ, डिजेल र मट्टितेल १५२ रुपैयाँ कायम भएको छ ।

त्यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर १६४, डिजेल तथा मट्टितेल १५४ रुपैयाँ कायम भएको छ ।

घटेको मूल्य शुक्रवार बिहान १ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

 


सम्बन्धित खबरहरु