कांग्रेसकाे आगामी महाधिवेशनमा मेरो स्वत: सभापतिमा दाबी : शेखर कोइराला

ओकेखबर संवाददाता ३१ श्रावण २०८१, बिहीबार १७:०६ मा प्रकाशित ( महिना अघि) ३८ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको आगामी महाधिवशेनमा सभापतिमा उठ्ने बताएका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अघिल्लो महाअधिवेशनमा पराजित भएको निकटतम प्रतिद्वन्द्वी भएका कारण आगामी महाधिवेशनमा स्वतः दाबी रहने बताए ।

देशभर भ्रमण गरेर नेता कार्यकर्ता भेटघाटमा रहेको र उम्मेदवारीका विषयलाई अन्यथा लिन नहुने उनको प्रष्टोक्ति छ । कोइरालाले मुलुकलाई स्थायित्व दिनका लागि ठूला दलबीच समीकरण बनेको भन्दै यसलाई सफल बनाउनुपर्ने बताए ।

राजनीतिक स्थायित्वका लागि संविधानमा सुधार गर्नुपर्ने र निर्वाचन प्रणालीका बारेमा संशोधन आवश्यक रहेको नेता कोइरालाको भनाइ थियो ।

उनले कोशी सरकारका विषयमा केन्द्रमा छलफल भइरहेकाले एक साताभित्र कांग्रेस सहभागी हुने सम्भावना देखाए ।


सम्बन्धित खबरहरु