चूडामणि शर्मा पुनः डिल्लीबजार कारागार चलान, बुझाउन सकेनन् ४ अर्ब १० करोड

ओकेखबर संवाददाता २६ श्रावण २०८१, शनिबार ०८:०९ मा प्रकाशित ( महिना अघि) ६२ पाठक संख्या

काठमाडौँ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सहसचिव चूडामणि शर्मा डिल्लीबजार कारागार चलान भएका छन् । साउन २३ मा सर्वोच्च अदालतमा पुनरावेदन गर्न उपस्थित भएका शर्मा बिगो रकम बुझाउन नसकेर कारागार चलान भएका हुन् ।

डिल्लीबजार कारागारका जेलर (उपसचिव) रोम बहादुर महतले बुधवारदेखि शर्मा कारागारमा रहेको बताए । विशेष अदालतले तोकेको ४ अर्ब १० करोड ४६ लाख रुपैयाँ रकम बुझाए उनले थुना बाहिर बसेर मुद्दाको पुर्पक्ष गर्न पाउँछन् ।

बिगो रकम नबुझाएको अवस्थामा सर्वोच्चबाट मुद्दाको अन्तिम किनारा लाग्नुअघि उनी थुनामै बस्नुपर्छ ।


सम्बन्धित खबरहरु