तस्बिर सम्पादनका लागि नयाँ र महत्वपूर्ण सुविधा थप्न लागेको गुगलको घोषणा

ओकेखबर संवाददाता २० श्रावण २०८१, आईतवार ०८:०३ मा प्रकाशित ( महिना अघि) ७० पाठक संख्या

गुगलले प्रयोगकर्ताको तस्बिर व्यवस्थापनलाई सरल बनाउने उद्देश्यले आफ्नो गुगल फोटो एपमा नयाँ सुधारको घोषणा गरेको छ । गुगलले महत्वपूर्ण अध्यावधिक भनेको यो सुधारले गुगलमा सङ्कलित गरिएका तस्बिर सम्पादन गर्न छिटो र सजिलो हुनेछ ।

कम्पनीले नयाँ सम्पादनको विकल्पका लागि सुविधा सुनिश्चित गरेको अमेरिकी सञ्चारमाध्यमम क्यूएनएले जनाएको छ । नयाँ सुविधाले प्रयोगकर्तालाई केवल एक क्लिकमा तस्बिर सम्पादन उपकरणमा प्रत्यक्ष पहुँच प्रदान गर्छ ।

यो सुविधा विशेष गरी पुराना फोटो साझा गर्ने वा व्यवस्थित सम्पादन प्रविधिको प्रयोग गर्नेे प्रयोगकर्ताका लागि उपयोगी हुने गुगलले जनाएको छ । नयाँ अध्यावधिकले प्रयोगकर्ता–अनुकूल फोटो व्यवस्थापनको अनुभव गर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।


सम्बन्धित खबरहरु