लेखा समिति सभापतिले पदको दुरुपयोग गरेको सांसद सापकोटाको आरोप

ओकेखबर संवाददाता १६ श्रावण २०८१, बुधबार ०८:०८ मा प्रकाशित ( महिना अघि) ५० पाठक संख्या

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले विद्युतको बक्यौता नगर्ने व्यापारीबीच रहस्यमय ढंगले भेट भएको सूचना आएको दाबी गरेका छन् ।

उनले भने, ‘डेडिकेटेड फिडर र ट्रंक लाइनको विषयमा सार्वजनिक लेखा समितिमा बहस कायमै छ। उक्त समितिका सभापति र झगडियाहरुमध्ये बक्यौता समेत नतिरेका एक जना व्यापारिको बीचमा रहस्यमय भेट भएको सूचना आएको छ, पदीय दुरुपयोगको गम्भिरतापूर्वक छानविनका लागि माग गर्छु ।’

उनले दुध किसानको भुक्तानी गर्न समेत सरकारको ध्यानाकर्षण गराए ।

 


सम्बन्धित खबरहरु