आज मदन भण्डारीको ७३औँ जन्मदिन

ओकेखबर संवाददाता १५ असार २०८१, शुक्रबार ०८:४० मा प्रकाशित ( महिना अघि) ४२ पाठक संख्या

काठमाडौं । नेकपा एमालेले आज मदन भण्डारीको ७३औँ जन्मजयन्ती मनाउँदैछ। जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले विविध कार्यक्रम आयोजना गर्दै आएको छ।
नेकपा एमालेका तत्कालीन महासचिव भण्डारीले ‘जनताको बहुदलीय जनवाद जबजको प्रतिपादन गरेका थिए। विसं २०४९ माघ १४-२० मा सम्पन्न एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनमा जननेता भण्डारीबाट प्रस्तुत र पारित ‘नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद’ अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रुपमा रहेको छ।
२००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसादका माइला छोराका रूपमा मदन भण्डारीको जन्म भएको थियो।
०५० जेठ ३ गते पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन जाने क्रममा दासढुंगा दुर्घटनामा मदन र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो।

स्मृतिमा एमालेको कार्यक्रम
भण्डारीको स्मृतिमा मदन भण्डारी फाउण्डेसनले विचार गोष्ठीको आयोजना गरेको छ।
फाउन्डेसनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा जबज : राजनीतिक विकास र स्थायित्व विषयक बिचार गोष्ठी आयोजना गर्न लागेको हो।
दिउँसो १:३० बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा कार्यक्रम आयोजना गरिएको फाउन्डेसनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले जानकारी दिए।
सोही कार्यक्रममा फाउन्डेसनले हरेक वर्ष प्रदान गर्ने मदन भण्डारी राष्ट्रिय पुरस्कार पाँचथरको कञ्चनजंघा चिया बगान केन्द्रलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको पाण्डेले जानकारी दिए।


सम्बन्धित खबरहरु