भ्रष्टाचार मुद्दा दायर भएपछि मुख्यसचिव अर्याल निलम्बित, निमित्त मुख्यसचिवमा लीलादेवी गडतौला

ओकेखबर संवाददाता ११ असार २०८१, सोमबार ०७:४१ मा प्रकाशित ( महिना अघि) ५२ पाठक संख्या

काठमाण्डौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि मुख्यसचिव बैकुण्ठ अर्याल स्वतः निलम्बनमा परेका छन् । अख्तियारले हिजो मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध अन्तःशुल्क स्टिकर छपाई खरिदमा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ अनुसार मुख्यसचिव अर्याल स्वतः निलम्बित हुनुभएको हो । ऐनको त्यो व्यवस्थामा कुनै राष्ट्रसेवक थुनामा रहेकोमा अवधिभर र मुद्दा दायर भएमा त्यस्तो राष्ट्रसेवक मुद्दा किनारा नभएसम्म स्वतः निलम्बित हुने व्यवस्था छ ।

सम्भवतः नेपालमा भ्रष्टाचारमा मुद्दा दायर भएपछि निलम्बित हुने अर्याल पहिलो मुख्यसचिव हुन् । अर्याल निलम्बित भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा कार्यरत सचिव लीलादेवी गतडौलाले निमित्त मुख्य सचिवको जिम्मेवारी पाउनुभएको छ ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता एवम् जनशक्ति व्यवस्थापन महाशाखाका सहसचिव प्रेमप्रसाद आचार्यका अनुसार कार्य सम्पादन नियमावली बमोजिम वरिष्ठ सचिवले निमित्त मुख्यसचिवको जिम्मेवारी निर्वाह गर्ने भन्ने व्यवस्था अनुरूप उहाँलाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिइएको हो ।


सम्बन्धित खबरहरु