कांग्रेस संसदीय दलको बैठक बस्दै, के नीति तथा कार्यक्रम अवरोध गर्ला ?

ओकेखबर संवाददाता १ जेष्ठ २०८१, मंगलवार ०७:०१ मा प्रकाशित ( महिना अघि) ९२ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बिहान बस्दैछ । कांग्रेसले संसदीय दलको बैठक आज बिहान ८ बजे बस्ने जानकारी दिइएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद्‌ भवनको ल्होत्से हलमा बस्ने भएको छ ।

बैठकबाट कांग्रेसले आज संघीय संसद्‌को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले पेश गर्ने सरकारको नीति तथा कार्यक्रम अवरोध गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको आरोप लगाउँदै संसदीय छानबिन समितिको माग गरेर संसद्‌ अवरुद्ध गरिरहेको छ ।

संसदीय समिति गठन नभए नीति तथा कार्यक्रम पेस गर्न नदिने कांग्रेसको तयारी छ ।

 


सम्बन्धित खबरहरु