राष्ट्रपतिद्वारा वैशाख २८ गतेका लागि संसद् अधिवेशन आह्वान

ओकेखबर संवाददाता २१ बैशाख २०८१, शुक्रबार ०७:१८ मा प्रकाशित ( महिना अघि) ५१ पाठक संख्या

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को अधिवेशन आह्वान गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले यही वैशाख २८ गते शुक्रवार दिउँसो २ बजे बस्ने गरी अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयले निकालेकाे विज्ञप्तिमा उल्लेख छ ।

‘राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को यही वैशाख २० गते बसेकाे बैठककाे सिफारिसमा वैशाख २८ गते शुक्रवार दिउँसाे २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ’, विज्ञप्तिमा उल्लेख छ ।


सम्बन्धित खबरहरु