अस्ट्रेलियाली पर्वतारोही एली पेपरद्वारा विना अक्सिजन अन्नपूर्ण–१ को आरोहण

ओकेखबर संवाददाता २ बैशाख २०८१, आईतवार १८:५३ मा प्रकाशित ( हफ्ता अघि) २० पाठक संख्या

काठमाण्डाै – अस्ट्रेलियाकी महिला पर्वतारोही एली पेपरले विना अक्सिजन विश्वकाे दशौँ अग्लो हिमाल अन्नपूर्ण–१ को आरोहण गर्नुभएको छ ।

पेपरले गाइड मिकेल शेर्पा र निमा शेर्पाको साथमा आज दिउँसो १२ बजेर ७ मिनेटमा अन्नपूर्ण–१ हिमालमा पाइला टेक्नुभएकाे हाे । दुई वर्षभित्र विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने लक्ष्य लिनुभएकी पेपरले अहिलेसम्म विना अक्सिजन तीन वटा आठ हजार मिटर अग्ला हिमालकाे सफलतापूर्वक आरोहण गर्न सफल हुनुभएको छ ।

एली पेपरले अब यसपछि कञ्चनजङ्घा हिमालको आरोहण गर्ने योजनामा हुनुहुन्छ, त्यसपछि मकालु हिमालको आरोहण गर्ने उहाँकाे लक्ष्य छ ।


सम्बन्धित खबरहरु