नागरिक उन्मुक्तिकी सुदूरपश्चिम प्रदेश सांसद गिरीलाई पदमुक्त नगर्न सर्वाेच्चकाे आदेश

ओकेखबर संवाददाता २ बैशाख २०८१, आईतवार १८:४७ मा प्रकाशित ( हफ्ता अघि) २१ पाठक संख्या

काठमाण्डाै – सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेश सांसद इन्दिरा गिरीलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन गर्न रोक लगाएको छ ।

आज न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले गिरीलाई प्रदेश सभा सदस्यको हैसियतमा काम–कारबाही गर्न रोक नलगाउन अन्तरिम आदेश दिएको हो ।

आफ्नो निर्णय विपरीत काम गरेको भन्दै अध्यक्ष रञ्जिता श्रेष्ठले गिरीलाई पदमुक्त गर्नुभएको थियो । सर्वोच्चले सांसद गिरीलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएसँगै रञ्जिता चौधरीलाई धक्का लागेको छ ।


सम्बन्धित खबरहरु