कांग्रेस नेता खेमराज पाैडेलकाे निधन

ओकेखबर संवाददाता ३० चैत्र २०८०, शुक्रबार २१:०७ मा प्रकाशित ( हफ्ता अघि) ३० पाठक संख्या

काठमाण्डाै – नेपाली कांग्रेसका नेता खेमराज पौडेलको निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित पौडेलको फेवासिटी अस्पतालमा उपचारको क्रममा आज ८१ वर्षको उमेरमा निधन भएको हो । पौडेलको आजै सेती नदी घाटमा अन्त्येष्टि गरिने भएको छ ।

उहाँ प्रथम जननिर्वाचितच प्रधानमन्त्री बीपी कोइराला प्रधानमन्त्री रहेकै समयमा २०१७ सालमा कास्की क्षेत्र नम्बर ९९ को अधिवेशनमा सहभागी हुनुभएको थियो । त्यसयता निरन्तर पार्टीका विभिन्न जिम्मेवारीमा रहनुभएका पौडेल कांग्रेस विभाजन हुँदा शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस प्रजातान्त्रिकका कास्की सभापति बन्नुभएको थियो ।


सम्बन्धित खबरहरु