राप्रपाको काठमाडौं केन्द्रित आन्दोलनको मिति सरेको सर्‍यै

ओकेखबर संवाददाता २९ फाल्गुन २०८०, मंगलवार ०८:५७ मा प्रकाशित ( महिना अघि) ६२ पाठक संख्या

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत १६ गते गर्ने भनिएको काठमाडौँ केन्द्रित आन्दोलन २७ गतेलाई सरेको छ ।

पार्टी कार्यालय धुम्बााराहीमा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले एसइईका कारण काठमाडौँ केन्द्रित जनप्रदर्शनसहितको आन्दोलन चैत २७ गते गर्ने निर्णय गरिएको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए ।

बैठकले वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने औपचारिक निर्णयसमेत गरेको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिने क्रममा विपक्षमा मत दिने निर्णय गरिएको उनले बताए ।

उनले प्रदेश सरकारमा पनि तत्काल सहभागी नहुने र समर्थन गर्नुपर्ने अवस्था आए पार्टी अध्यक्षले उपयुक्त निर्णय लिन सक्ने निर्णय गरिएको जानकारी दिए ।

 


सम्बन्धित खबरहरु