राष्ट्रियसभा अध्यक्षका लागि दाहाल र शर्माको उम्मेदवारी दर्ता

ओकेखबर संवाददाता २८ फाल्गुन २०८०, सोमबार १४:०१ मा प्रकाशित ( महिना अघि) ७२ पाठक संख्या

काठमाडौं । राष्ट्रियसभा अध्यक्षका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार बिहान संसद भवन नयाँ बानेश्वरमा प्रमुख प्रतिपक्ष र सत्ता पक्षका दुई जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

जसमा नेपाली कांग्रेसका युवराज शर्मा र सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका सांसद नारायण दाहालले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

दाहालको प्रस्तावकमा माओवादीका गोपीबहादुर सार्की र समर्थकमा एमालेका देवेन्द्र दाहाल तथा एकीकृत समाजवादीका बेदुराम भुसाल रहेका छन् ।

त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवारी दर्ता गराएका शर्माको प्रस्तावकमा कांग्रेसकै आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा लोसपाका किरणबाबु श्रेष्ठ रहेका छन् ।

राष्ट्रियसभा अध्यक्षका लागि भोलि मंगलबार मतदान हुँदैछ । यसअघि गणेश तिमिल्सिनासहित २० सांसद आफ्नो कार्यकाल पूरा गरेर यहि फागुन २० गते बिदा भएपछि राष्ट्रियसभामा अध्यक्ष पद रिक्त छ ।


सम्बन्धित खबरहरु