काँग्रेसले भन्यो – प्रधानमन्त्रीले विश्वासघात गरेर गठबन्धन भत्काए

ओकेखबर संवाददाता २४ फाल्गुन २०८०, बिहीबार १२:१४ मा प्रकाशित ( महिना अघि) ८९ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्रीले राजनैतिक बेइमानी गरेको आरोप लगाएको छ ।

बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रचण्डले काँग्रेसलाई विश्वासघात गरेको र गठबन्धन भत्काएको आरोप लगाए ।

उनले भने, ‘कांग्रेस सबै गठबन्धनप्रति इमान्दार रह्यो । गठबन्धनमा भएका सहमतिमा हामी प्रतिबद्ध रह्यौं । तदअनुसार नै काम गरौं । प्रचण्डले हामीलाई विश्वासघात गर्नुभयो र गठबन्धन भत्काउनुभयो । यसलाई हामीले राजनीतिक बेइमानीका रुपमा लिएका छौं ।’

काँग्रेसले प्रधानमन्त्री प्रचण्डले गठबन्धन भत्काएर मुलुकलाई अस्थिरता, अन्यौलतामा धकेलेको ठहर गरेको छ । कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उनले बताए । यसबारे सभामुखलाई जानकारी गराउने लेखकले जानकारी दिए ।

अब कांग्रेसले संसदमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने लेखकले बताए । प्रधानमन्त्री प्रचण्डले एमालेसहितको नयाँ गठबन्धन बनाएपछि सोमबार कांग्रेस सरकारबाट बाहिरिएको थियो ।

मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।


सम्बन्धित खबरहरु