मेसीका‘फ्यान’माथि अश्लील इसारा गरेपछि रोनाल्डोलाई कारबाही

ओकेखबर संवाददाता १७ फाल्गुन २०८०, बिहीबार १८:५९ मा प्रकाशित ( महिना अघि) ११२ पाठक संख्या

काठमाडौं । अल नासरका खेलाडी क्रिस्टियानो रोनाल्डोमाथि साउदी अरबको लिगमा एक खेलको प्रतिबन्ध लगाइएको छ ।

दर्शकमाथि अश्लित इसारा गरेको भन्दै उनीमाथि एक खेलको प्रतिबन्ध लगाइएको हो ।

अल नासर र अल–सबाबबीचको खेलका क्रममा उनले दर्शकतिर फर्केर अश्लील इसारा गरेका थिए । उनले स्टार खेलाडी लियोनल मेसीलाई जोडेर अश्लील इसारा गरेपछि एक खेलको प्रतिबन्ध लाइएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।

विपक्षी समर्थकले रोनाल्डोको विरुद्ध मेस्सीको नारा लगाएपछि भड्किएका रोनाल्डोले अस्वभाविक हर्कत गरेको भन्दै उनलाई एक खेल प्रतिबन्ध लगाईएको जनाइएको छ ।

रोनाल्डोले अस्वाभाविक इसारा गरेपछि अल–सबाबका समर्थकले रोनाल्डोलाई तत्काल कारबाही गर्नपर्ने माग गरेका थिए । रोनाल्डोको हर्कत लाजमर्दो भएको भन्दै साउदी फुटबल महासंघको अनुशासन तथा आचरण समितिले रोनाल्डोलाई एक खेल प्रतिबन्ध गर्नुको साथै उनलाई १० हजार साउदी रियाल जरिवाना समेत गरेको छ । उनको क्लब अल नासारलाई पनि रोनाल्डोको हर्कतको कारण २० हजार रियाल जरिवाना गरिएको छ ।

अल–सबाबलाई ३–२ गोलअन्तरले हराएको खुसीयालीमा उक्त घटना भएको र यो कसैप्रति लक्षित नभएको रोनाल्डोले अनुशासन समितिलाई जवाफ दिएका छन् ।

समितिले रोनाल्डोलाई उक्त घटनाको विषयमा मौखिक जवाफ मागेपछि रोनाल्डोले फुटबलमा खुसी मनाउँदा कहिलेकाहीँ यस्ताखाले घटना हुने गरेको तर्क गरेका छन् ।


सम्बन्धित खबरहरु