वाफ महिला च्याम्पियनसिप : अपराजित नेपाल फाइनल प्रवेशका लागि लेबनानसँग भिड्दै

ओकेखबर संवाददाता १५ फाल्गुन २०८०, मंगलवार ०७:०९ मा प्रकाशित ( महिना अघि) ११९ पाठक संख्या

काठमाडौं । साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको सेमिफाइनलका खेल आज हुँदैछन् । आज पहिलो सेमिफाइनलमा जोर्डनले प्यालेस्टाइनको सामना गर्ने भएको हो ।

साउदी अरेबियाको जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ ।

जोर्डन समुह ए मा तीनै खेलमा विजयी भएर समस्ह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने प्यालेस्टाइन समूह बी मा ३ मध्ये २ जित र एक हारसहित उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो ।

दोस्रो सेमिफाइनल खेलमा नेपाल र लेबनान खेल्दै छन् । जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा नै हुने यो खेल नेपाली समय अनुसार साँझ १०ः४५ बजेदेखि सुरु हुनेछ । अपराजित नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने लेबनान समूह उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो ।

यस प्रतियोगितामा नेपालकी सावित्रा भण्डारी ‘साम्बा’ले सर्वाधिक ८ गोल गरेर सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहेकी छन् ।


सम्बन्धित खबरहरु