फुटबलर किरण चेम्जोङ बने बुवा

ओकेखबर संवाददाता १२ फाल्गुन २०८०, शनिबार ०९:१२ मा प्रकाशित ( महिना अघि) ४४५ पाठक संख्या

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक किरण चेम्जोङ बुवा बनेका छन् ।

राष्ट्रिय फुटबल टिमका कप्तान समेत रहेका किरणले शुक्रबार सामाजिक सञ्जालमा एक तस्बिर सार्वजनिक गर्दै आफू बुवा बनेको जनाएका हुन् ।

किरणले श्रीमति कञ्चन निरौला र बच्चासँगैको तस्बिर सामाजिक सञ्जालमा राखेका हुन् । मेडिसिटी अस्पतालमा बच्चा जन्मिएको समेत उनले जनाएका छन् ।

किरणले गत वर्ष एयरहोस्टेस रहेकी कञ्चनसँग विवाह गरेका थिए ।


सम्बन्धित खबरहरु