कांग्रेस महासमितिमा पेश भएका ४ प्रस्ताव सर्वसम्मतीले पारित

ओकेखबर संवाददाता १० फाल्गुन २०८०, बिहीबार १७:०२ मा प्रकाशित ( महिना अघि) ६४ पाठक संख्या

ललितपुर । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पेश गरिएका चार वटा प्रस्तावहरु सर्वसम्मतीले पारित भएका छन् ।

 

उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेश गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले पेश गरेको लेखा परीक्षण प्रतिवेदन सर्वसम्मतीले पारित भएका हुन् ।

 

महामन्त्री थापाले चार वटै प्रस्ताव पारित गरिदिन गरेको आग्रहमा महासमिति सदस्यहरुले तालि बजाएर कांग्रेस केन्द्रीय समितिले अनुमोदन गर्ने गरी चार वटै प्रस्ताव सर्वसम्मतीले पारित गएको हो ।


सम्बन्धित खबरहरु