महासमिति सदस्य नभएकाले बोलेपछि कांग्रेस बैठकमा विवाद

ओकेखबर संवाददाता १० फाल्गुन २०८०, बिहीबार १२:३३ मा प्रकाशित ( महिना अघि) ६६ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा महासमिति सदस्य नभएको व्यक्तिले प्रतिवदेनको छलफलमाथि धारणा राखेपछि विवाद भएको छ ।

बागमती र गण्डकी समूहमा भइरहेको छलफलमा स्याङ्जाका मेखलाल श्रेष्ठलाई बोल्न दिएपछि प्रतिनिधिहरूले आपत्ति जनाएका हुन् । बिहीबार बोल्ने प्रतिनिधिमा उनलाई पनि समय दिइएको थियो ।

तर, उनी महासमिति सदस्य नभएको गोरखाका पार्टी सभापति नन्दु न्यौपानेले जानकारी दिए । महाधिवेशन प्रतिनिधिले बोल्न पाएका छैनन् । ‘प्रतिनिधि नै नभएका व्यक्तिलाई बोल्न समय दिइयो,’ न्यौपानेले भने, ‘विधि मिच्ने काम भएकाले प्रतिनिधिहरूले विरोध गरेका हुन् ।’ श्रेष्ठ गण्डकीका प्रदेशका उपसभापतिसमेत हुन् ।

बागमती प्रदेश अध्यक्ष इन्द्रबहादुर बानियाँ र गण्डकी सभापति शुक्रराज शर्माले बोल्न दिएकोमा माफी माग्दै रेकर्डबाट हटाइने बताए । बैठकमा बोलेका श्रेष्ठले गठबन्धन गर्नुपर्नेमा जोड दिएका थिए ।


सम्बन्धित खबरहरु