२७ वर्षे महासमिति सदस्यको प्रश्न : युवा कांग्रेसमा किन लाग्ने जवाफ चाहियो?

ओकेखबर संवाददाता ९ फाल्गुन २०८०, बुधबार १६:१० मा प्रकाशित ( महिना अघि) ४५ पाठक संख्या

ललितपुर । नेपाली कांग्रेसको जारी महासमिति बैठकको समूहगत छलफलमा युवाहरू कांग्रेसमा किन लाग्ने भन्ने विषयमा प्रश्न उठेको छ। कन्चनपुरका मदनराज उपाध्यायले आफ्ना अभिभावक कांग्रेस भएकै कारण सन्तान कांग्रेस हुने हो कि केही नीति छ भन्दै प्रश्न गरे।
उनले भने, ‘म २७ वर्षे युवा हो । म मेरो वुवा कांग्रेस भएकाले म कांग्रेस हुने ? युवा कांग्रेस किन हुने ? कांग्रेस हुने आधार के हो ? यो उत्तर चाहिन्छ ।’

 

उनले महासमितिमा जान युवाहरूलाई रोक्नेहरूलाई भोट फेरि युवाले नै हाल्नुपर्ने भन्दै आक्रोश पोखे। ‘महासमिति जान नदिने बच्चा हो नजा भन्ने अनि भोट चाहि हामीले हाल्नु पर्ने ? वडा देखि केन्द्रसम्म ५० प्रतिशत युवा हुनुपर्छ । नभए हामी किन चाहियो ?,’ उनले भने, ‘ किन कांग्रेसमा लाग्ने ?
नेपाली कांग्रेसले अवसर दिएको छैन ।’

 

नेताहरूले आफ्ना मान्छेलाई मात्रै भ्रातृ संगठनमा ठाउँ दिएको भन्दै उनले आपत्ति जनाए। ‘आज खल्तिको मान्छे भातृ संस्था बनाउनुहुन्छ । अधिवेशन नभएर नेता भेट्न ठिक्क छ । ग्राउण्डमा कहिले जाने हामी ? कसरी काम गर्ने ?’ उनले प्रश्न गरे। उनले जात र धर्मको नाममा राजनीति नगर्न पनि सुझाव दिए।


सम्बन्धित खबरहरु