निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने विषय तत्कालीन अवस्थामा निर्भर हुन्छ: सभापति देउवा

ओकेखबर संवाददाता ९ फाल्गुन २०८०, बुधबार १५:०५ मा प्रकाशित ( महिना अघि) ४४ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने विषय तत्कालीन अवस्थामा निर्भर हुने बताएका छन् ।

 

सोमबार ललितपुरको गोदावारी सुरु भएको महासमिति बैठक उद्घाटन समारोहमा बोल्दै उनले अहिलेको निर्वाचन प्रणालीमा एकल बहुमत संभव नभएकाले गठबन्धनको विकल्प नभएको बताए । उनले वर्तमान गठबन्धनलाई निरन्तरता दिनु कांग््रेसको राजनीतिक जिम्मेवारी हुने पनि जिकिर गरे ।
“अहलिे हामी गठबन्धनको अभ्यासमा छौं । गठबन्धन सकरा १० महिना अघि मात्र बनेको हैन । प्रतिनिभिसभा विघटन गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने काम भएपछि यसको रक्षाका लागि कांग्रेसको नेतृत्वमा गठबन्धन बनेको हो,” उनले भने, “ वर्तमान सरकार त्यसैको निरन्तरता हो । महासमितिमा पेश भएको सबै दस्तावेजले गठबन्धनको विषयलाई समेटिएको छ । वर्तमान गठबन्धन सबैको अग्रसरतामा संविधानकमो रक्षाको उदेश्यले बनेको हो ।”
सभापति देउवाले नेपाली कांंग्ेसको विधानमा समय सापेक्ष बनाउन संसोधनको आवश्यक्ता भएको बताए । उनले पार्टीलाई थप बलियो बनाउन विधान संसोधन आवश्यक भएको उल्लेख गरे ।

 

उद्घाटन सत्रमा बोल्दै सभापति देउवाले संविधान गतिशितल दस्तावेज भएको र यसमाथी जनताको स्वीकार्यता र स्वामित्व आवश्यक भएको उल्लेख गरे । उनले जनताको आशा भरोसा स्थापित गर्न संविधान कार्यान्वनयमा देखिएको अस्पष्टता जटिलता पहिचान गरेर स्पष्ट पार्दै अघि बढ्नुपर्ने धारणा राखे ।
कांग्रेस जनताले आशा भरोसा गरेको पार्टी भएकाले जनताको विश्वासलाई खण्डित गर्न नहुने उनको भनाई छ ।
“अहिले पार्टी ठूलो बनेको छ । संगठन बलियो छ । जनताको आशा भरोसा कांग्रेसप्रति छ । कांग्रेसले विश्वासलाई खण्डित हुन दिनु हुँदैन,” उनले भने ।

 

सभापति देउवाले पार्टीको १४ औं महाधिवेशनले नेतृत्व मात्र चयन गरेको समय अभावका कारण नीतिगत विषयमा दस्तावेज राखेर छलफल गर्न नपाएकाले सोही उद्देश्यले महासमितिको बैठक बोलाइउको धारणा राखे ।
“दस्तावेज प्रस्ताव पेश हुनेछ । सबैले राम्ररी अध्ययन गरेर बचार राख्नुहुने छ,” उनले भने ।


सम्बन्धित खबरहरु