देउवाको गगनलाई गलाउने रणनीति असफल, गठबन्धन नगर्ने प्रस्ताव पास

ओकेखबर संवाददाता ८ फाल्गुन २०८०, मंगलवार ०६:४५ मा प्रकाशित ( महिना अघि) ११३ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापाको प्रस्तावमा सहमति जनाएका छन् ।

सोमबार बेलुका बूढानीलकण्ठमा बसेको पदाधिकारीहरूको बैठकमा चुनावी गठबन्धन नगर्ने थापाको प्रस्तावमा देउवाले सहमति जनाएको एक पदाधिकारीले जानकारी दिए । ती पदाधिकारीका अनुसार थापालाई गलाउने रणनीति सफल नहुने देखिएपछि देउवाले सहमति दिएका हुन् ।

 

“निकै रस्साकस्सीपछि सभापतिले हुन्छ भन्नुभयो । अर्थात् महामन्त्री थापाको प्रस्ताव पास भयो । सभापतिले हुन्छ भनेपछि उपसभापति खड्का, प्रवक्ता महतलगायत अवाक भए, अचम्म परे,” ती पदाधिकारीले भने ।

 

कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बे पनि नेताहरूबीच कुरा मिलेको पुष्टि गरे । “कांग्रेसलाई बलियो र सफल पार्टी बनाउन रुख चिह्नमा मतदान गराउने, यस्ता शब्द राखेर प्रतिवेदनमा भाषा मिलाउने काम भयो । कुरा मिलेको छ, बाँकी मंगलबार थाहा हुन्छ,” सहमहामन्त्री आङ्देम्बेले भने ।

देउवा सहमत भएसँगै अब महासमिति बैठकमा थापाको प्रस्ताव पेस हुने भएको छ ।


सम्बन्धित खबरहरु