चोरभन्दा झस्किएर आफ्नो खुट्टा तान्नेहरूप्रति हाम्रो शंका छ : बालेन शाह

ओकेखबर संवाददाता २ फाल्गुन २०८०, बुधबार ०८:१२ मा प्रकाशित ( महिना अघि) ५७ पाठक संख्या

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले कार्यपालिका सदस्यहरूप्रति आक्रोश पोखेका छन्।

मंगलबारको कार्यपालिका बैठकमा सदस्यहरुले कर्मचारीलाई स्पष्टीकरण सोधिएको विषयमा बालेनलाई प्रश्न गरेका थिए। सोही विषयमा उनले सामाजिक सञ्जालमार्फत आक्रोशित व्यक्त गरे।

बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कर्मचारीबाट के गलत भएको हो भन्ने पनि थाहा छ, कर्मचारी स्वयंले ‘मैले गलत गरेको हो’ भनेर लिखितरूपमा स्वीकारेको पनि थाहा छ, यति हुँदाहुँदै पनि अब के गर्ने भनेर कार्यपालिकाबाट अगाडि बढ्न रोक्नुको अर्थ हो, वडाध्यक्षज्यूहरूको आफ्नो पार्टीको कर्मचारीलाई बचाउने खेल। यसलाई कर्मचारीको मनोबल के हुन्छ, मेयरले एकलौटी गर्न पाइँदैन भन्ने जस्ता प्रश्नले छोप्न खोजिन्छ। साँच्चै भ्रममा हुनुहुन्छ भने निस्कनु होला। चोरभन्दा कसले खुट्टा तान्छ भन्ने जगजाहेर छ। चोरभन्दा झस्किएर आफ्नो खुट्टा तान्नेहरूप्रति हाम्रो शंका छ। प्रस्ट हुनुहोस्, गलत कृत्यलाई कारबाही गर्दा भ्रष्ट, कमिसन खोर कर्मचारीहरूको मात्रै हो मनोबल खस्किने। स्वच्छ कर्मचारीहरूको मनोबल झन् उँचो हुन्छ।’


सम्बन्धित खबरहरु