कोशीको धोकाधडीले कांग्रेस–माओवादी सम्बन्धमा ‘चिसो’

ओकेखबर संवाददाता १४ माघ २०८०, आईतवार ०८:३९ मा प्रकाशित ( महिना अघि) ९५ पाठक संख्या

काठमाडौं । राष्ट्रिय सभाको १९ सिटका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनले सातवटै प्रदेशमा साझा उम्मेदवार अघि सारेको थियो ।

६ वटा प्रदेशको नतिजा सत्ता गठबन्धनको पक्षमा आए पनि कोशीमा भने माओवादी उम्मेदवार पराजित भएपछि गठबन्धनभित्र चिसो पसेको हो ।

कोशीबाट कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले चुनाव जित्दा माओवादी नेतृ चम्पादेवी कार्की एमालेकी उम्मेदवार रुक्मिणी कोइरालासँग हार्न पुगेकी थिइन् । यस्तो परिणाम आउनुमा माओवादी नेताहरू कांग्रेसभित्रको अन्तरकलह मुख्य कारण रहेको ठान्छन् ।

कांग्रेस नेता शेखर कोइराला भने यसलाई मान्न तयार छैनन् । माओवादीलाई कांग्रेसबाट नभएर अन्यत्रबाटै धोकाधडी भएको हुन सक्ने उनको बुझाइ छ ।

‘गठबन्धनप्रति कांग्रेसलाई कुनै संशय छैन । कोशीकै कारणले यो गठबन्धन टुट्छ भन्ने एक प्रतिशत पनि लाग्दैन । तर, माओवादीभित्र एकथरी नेताहरू हिजोदेखि नै एमालेसँग मिल्नुपर्छ भन्ने पक्षमा हुनुहुन्थ्यो ।

मिलाउन खोज्ने विभिन्न फ्याक्टरहरू सक्रिय थिए/छन्,’ कोइरालाले भने, ‘अहिले पनि कोशीलाई देखाएर त्यस्तै प्रयास भएको पनि हुन सक्छ । तर मैले बुझेसम्म गठबन्धन दायाँबायाँ होला भन्ने लाग्दैन ।’


सम्बन्धित खबरहरु