राष्ट्रिय सभामा विजयी १९ सांसद को-को हुन ? (सुचि सहित)

ओकेखबर संवाददाता १२ माघ २०८०, शुक्रबार ०८:२५ मा प्रकाशित ( महिना अघि) ५१ पाठक संख्या

काठमाडौं । संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा सदस्यका १९ सीटका लागि बिहीबार भएको निर्वाचनमा सत्ता गठबन्धनका १८ र विपक्षी एमालेका एक जना निर्वाचित भएका छन् ।

रिक्त भएका पदको निर्वाचनका लागि संवैधानिक व्यवस्थाअनुसार महिला, अपांग वा अल्पसंख्यक र अन्य गरि तीन ‘क्लस्टर’सँग सम्बन्धितलाई दलहरूले उम्मेदवार बनाएका थिए ।

निर्वाचनमा आठ वटा दलबाट ५१ जनाले उम्मेदवारी दर्ता गराएका थिए । एक जना सदस्य राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नेछन् । सदस्यको पदावधि तालिकाअनुसार हरेक दुई/दुई वर्षमा राष्ट्रिय सभाको एक तिहाइ सदस्य रिक्त हुने गरेको छ ।


सम्बन्धित खबरहरु