बालेर र सम्पाङले किन गरे निर्वाचन बहिस्कार ?

ओकेखबर संवाददाता ११ माघ २०८०, बिहीबार १६:३० मा प्रकाशित ( महिना अघि) ७८ पाठक संख्या

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रियसभा निर्वाचन बहिस्कार गरेका छन् ।

 

आज भएको राष्ट्रियसभा निर्वाचनमा दुवै मेयरले मतदान नगरेका हुन् । उनीहरू गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रूपमा निर्वाचित भएका थिए ।

 

राष्ट्रियसभा चुनावअन्तर्गत बागमतीको हेटौँडामा मतदान भएको थियो । काठमाडौं महानगरका उपमेयर सुनिता डङ्गोल मतदानका लागि हेटौँडा पुगेका थिए भने मेयर बालेन भने गएका थिएनन् । मेयर शाह हेटौँडा नगएको बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले बताए । ​

 

धरान उपमहानगरका मेयर हर्क पनि कार्यव्यस्तता देखाउँदै मतदानको लागि विराटनगर गएनन् । व्यस्त भएका कारण भोट हाल्न नगएको उनले जानकारी दिएका छन् । राष्ट्रियसभाको निर्वाचनमा प्रदेशसभा सांसद र स्थानीय तहका प्रमुख–उपप्रमुख मतदाता छन् ।

राष्ट्रियसभाका १९ सदस्य पदका लागि भएको निर्वाचनको मतदान सम्पन्न भइसकेको छ । आज बिहान नौ बजेदेखि सुरु भएको मतदान दिउँसो तीन बजेसम्म चलेको थियो ।

फागुन २० गतेबाट रिक्त हुने २० राष्ट्रिय सभा सदस्य पदमध्ये १९ पदका लागि सातै प्रदेशमा निर्वाचन भएको हो । १९ पदका लागि ५१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रेका थिए ।

निर्वाचनमा सात प्रदेशमा एक–एक मतदान स्थल र दुई–दुई मतदान केन्द्र कायम गरेर मतदानको व्यवस्था गरेको थियो । मतदान सकिए लगत्तै मतगणना थाल्ने र नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ ।


सम्बन्धित खबरहरु