रवि लामिछानेविरुद्ध राज्यव्यवस्था समितिमा उजुरी

ओकेखबर संवाददाता ९ माघ २०८०, मंगलवार १८:०८ मा प्रकाशित ( महिना अघि) १२५ पाठक संख्या

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सांसद रवि लामिछानेविरुद्ध उजुरी दिइएको छ । लामिछाने सदस्य रहेको प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमै उजुरी दिइएको हो ।

सांसद लामिछानेविरुद्ध सिन्धुलीका युवराज सफल दिएको उजुरी मंगलबार समितिमा दर्ता गरिएको छ । उजुरीकर्ता सफलले सहकारी घोटाला प्रकरणमा लामिछाने संलग्न रहेको आरोप लगाएका छन् । सञ्चारमाध्यममा सार्वजनिक समाचारलाई आधार मानेर उनले उजुरी दर्ता गराएका हुन् ।

सोही उजुरी सफलले सभामुख देवराज घिमिरेको सचिवालयमा पनि दर्ता गराएका छन् ।

 


सम्बन्धित खबरहरु