कानूनले काम गरेको भए ठूलाबडा नेताहरु जेलमा हुन्थे : चन्द्र भण्डारी

ओकेखबर संवाददाता ९ माघ २०८०, मंगलवार १७:४४ मा प्रकाशित ( महिना अघि) १०४ पाठक संख्या

काठमाडौं । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले देशमा कानूनले काम गरेको भए ठूलाबडा कर्मचारी र नेताहरु जेलमा हुने बताएका छन् । मंगलवार काठमाडौंमा नीलप्रसाद भण्डारी स्मृति पुरस्कार ग्रहण गर्दै उनले यस्तो बताए ।

उनले नेताहरुले अहिले मुलुक चलाउन नसकेको बताए । उनले भाषण गर्नेहरुले आफ्नो पार्टी सुधार्ने हो भने मुलुक बन्न समय नलाग्ने बताए ।

उनले संवैधानिक निकायमा बसेका व्यक्ति र राजनीति गर्ने धेरै नेताहरु आफ्ना घर ठूलाठूला बनाउने र वरिपरि गरिव राखेर झुपडी बनाउने प्रवृत्तिका कारुण मुलुक गरिव भएको बताए ।

उनले भने– ‘हाम्रो देशमा राजनीति गर्ने नेताहरु जो हुनुहुन्छ । म आदर गर्दछु । उहाँहरुले समयमा आफ्नो बेलामा काम गर्नुभयो । तर अहिले मुलुक चलाउन सक्नुभएन । त्यसकारण भाषण गर्नेहरुले पहिला आफ्नो पार्टीलाई सुधार्नुपर्छ । हाम्रो नेताहरुको विकासमा बुद्धि पुगेन । हाम्रा विज्ञहरु, हाम्रा संवैधानिक निकायमा बसेका व्यक्तिहरु र राजनीति गर्ने धेरै नेताहरु आफ्ना घर ठूलाठूला बनाउने, वरिपरि गरिव राख्ने र झुपडी बनाउने प्रवृत्तिले मुलुक गरिव भयो । राजनीतिक पार्टीहरु आफ्नो आफ्नो सुधार्ने हो भने मुलुक बन्नसक्छ । यो देशमा कानूनले काम गर्नसक्छ । यो देशमा कानूनले काम गरेको भए ठूलाबडा कर्मचारीहरु, ठूलाबडा लामो समय राजनीतिक गरेकाहरु धेरैजसो जेलमा भेटिन्थे ।’

नेता भण्डारीले विकास निर्माणमा नेताहरुको क्षमता नपुगेको बताए ।


सम्बन्धित खबरहरु