संसद्को अधिवेशन माघ २२ गते बोलाउन सरकारको सिफारिस

ओकेखबर संवाददाता ९ माघ २०८०, मंगलवार १६:४० मा प्रकाशित ( महिना अघि) १०३ पाठक संख्या

काठमाडौं । सरकारले माघ २२ गते संघीय संसदको अधिवेशन बोलाउन सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले २२ माघमा राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक दिनको ४ बजे बस्ने गरी अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

सरकारले गत १६ कात्तिकमा संसदको वर्षे अधिवेशन अन्त्य गरेको थियो ।

 


सम्बन्धित खबरहरु