टिकट वितरण उचित मुल्यांकनको आधारमा हुन्छ : देउवा

ओकेखबर संवाददाता ८ माघ २०८०, सोमबार १८:२० मा प्रकाशित ( महिना अघि) ८९ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्ताहरुलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन् । पर्वतको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै पार्टीभित्र सबैले एकैपटक टिकट नपाउने भएकाले मिलेर अघि बढ्नुपर्ने बताए ।

उनले भने, ‘अहिले कांग्रेससामु चुनौतीको सामना गर्दै अवसर सदुपयोग गर्दै अघि बढ्न सकेन आगामी दिनमा बलियो बन्न सक्छौं । अहिले एक भएर पार्टी अगाडि बढाउन लाग्नुपर्छ । ए

क बहुमत नभएपनि त्यसको हाराहारीमा ल्याउन सक्छौं । सबैले टिकट पाउँदैनन् । समानुपातिक र समावेशीताको आधारमा मिलाएर जानुपर्छ । पार्टीभित्रको चुनावमा पनि समावेशीताको आधारमा हुन्छ ।’

उनले आज अवसर नपाउनेले भोलि पाउने भएकाले टिकट वितरण उचित मुल्यांकनको आधारमा हुने बताए । चुनौतीहरुको सामना गर्न राष्ट्रियसभामा पनि गठबन्धनलाई अगाडि लिएर बढ्नुपरेको सुनाए ।

 


सम्बन्धित खबरहरु