मिडफिल्डर एरिक विष्ट भारतीय क्लबमा आवद्ध

ओकेखबर संवाददाता ५ माघ २०८०, शुक्रबार ०७:०५ मा प्रकाशित ( महिना अघि) १४६ पाठक संख्या

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर एरिक विष्ट भारतीय क्लबमा आवद्ध भएका छन्। उनलाई भारतीय क्लब सिलोङ लाजोङले अनुबन्ध गरेको हो।

मेघालयको सिलोङ क्लबले बिहीबार सामाजिक संजाल मार्फत एरिकलाई अनुबन्ध गरेको सार्वजनिक गरेको छ। एरिक आई–लिगको यो सिजनका बाँकी खेलका लागि क्लबमा आवद्ध भएका हुन्।

सिलोङबाट आइ लिग खेल्ने एरिक दोस्रो नेपाली खेलाडी हुनेछन् । यसअघि राष्ट्रिय टोलीका पूर्व कप्तान अनिल गुरुङले पनि सोही क्लबबाट आइ लिग खेलेका थिए।

राष्ट्रिय टोलीको नियमित सदस्य एरिकले सन् २०२० मा ढाकामा भएको बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा डेब्यू गरेका थिए।


सम्बन्धित खबरहरु