राष्ट्रपति पौडेलद्धारा नयाँ आर्थिक अध्यादेश जारी

ओकेखबर संवाददाता ४ माघ २०८०, बिहीबार १७:४५ मा प्रकाशित ( महिना अघि) १३६ पाठक संख्या

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गरेका छन् ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सरकारको सिफारिसमा पौडेलले आज उक्त अध्यायदेश जारी गरेको शीतल निवासले जनाएको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले सो अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

 


सम्बन्धित खबरहरु