वर्तमान सत्ता गठबन्धनको गोत्र निकम्मा र जात देशद्रोही : केपी ओली

ओकेखबर संवाददाता ४ माघ २०८०, बिहीबार १६:१३ मा प्रकाशित ( महिना अघि) १३७ पाठक संख्या

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनको गोत्र निकम्मा र जात देशद्रोही भएको आरोप लगाएका छन् । बिहीबार पार्टी कार्यालय च्यासलमा एमाले निकट खेलकुद महासङ्घको बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले गठबन्धनमा रहेका दल र नेताहरूको घाटी मात्रै नभएर सिङ्गै शरीर पनि जोडिएको बताए ।

 

अध्यक्ष ओलीले अहिले देश सबै क्षेत्रमा अप्ठेरो अवस्थामा रहेको भन्दै एमालेले वर्ग संघर्ष गरिरहेको बताए । ‘यसमा हामीले गर्व गर्नसक्नुपर्छ । किनभने हाम्रा विरोधीहरु एक्लै लड्ने भिड्ने आँट नै गर्दैनन् । हामीमात्रै एक्लै लड्छौ र लड्ने पनि’, अध्यक्ष ओलीले भने, ‘तर विरोधीहरुले स–साना जोडेर सरकार बनाएका छन् । त्यो कस्तो सरकार भने तरकारी बारीको बुख्याँचा जस्तो छ । केही गर्ने होइन त्यसले ।’

 

उनले अहिले गठबन्धनका टाउकोमा सुगा पनि बस्ने र काग पनि बस्ने भन्दै सबैले गठबन्धनलाई चिनिसकेको बताए । ‘सरकार निकम्मा । भ्रष्टाचार र कमिसनखोरी सरकारको संरक्षक । यस स्थितिमा हामीले मिसन ८४ पर्खन नसक्ने अवस्था पनि आउन सक्छ’, अध्यक्ष ओलीले भने, ‘देश बर्वाद हुन लाग्यो भने हामीले कहाँ मिसन ८४ को चुनाव भनेर पर्खेर हुन्छ ? उस्तै पर्यो भने हामीले यो गठबन्धन भत्त्काएर..।’

 

‘यो गठबन्धन देशका लागि अत्यन्तै हानिकारक छ, राष्ट्रियतालाई कमजोर बनाइसक्यो, देशका स्रोतहरू बेचिसक्यो । हाम्रो स्वाधीनता र स्वाभिमानलाई धुजा धुजा बनाइसक्यो । त्यसकारण समय घर्किनुभन्दा अघि हामी तयार रहनुपर्छ’, ओलीको भनाइ छ ।


सम्बन्धित खबरहरु