माओवादीले फागुनमा विधान सम्मेलन गर्ने

ओकेखबर संवाददाता २८ पुष २०८०, शनिबार १७:४० मा प्रकाशित ( महिना अघि) १०४ पाठक संख्या

काठमाडौं । नेकपा माओवादी केन्द्रले फागुनमा विधान सम्मेलन गर्ने भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा सम्पन्न स्थायी कमिटी बैठकले फागुन १, २ र ३ गते विधान सम्मेलन गर्ने निर्णय भएको प्रवक्ता अग्नि सापकोटाले बताए ।

त्यसका लागि प्रतिनिधि छान्ने मापदण्ड बनाइएको उनले बताए ।

अर्को स्थायी कमिटी माघ २६ गते बस्ने निर्णय भएको पनि उनले बताए ।


सम्बन्धित खबरहरु