नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन आजबाट

ओकेखबर संवाददाता २६ पुष २०८०, बिहीबार ०७:२७ मा प्रकाशित ( महिना अघि) १०६ पाठक संख्या

कैलाली । नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ ।

पुस २६, २७ र २८ गते कैलालीको टिकापुरमा महाधिवेशन सुरु हुन लागेको हो ।

महाधिवेशनमा सहभागी हुनका लागि देशभरका ५५ जिल्लाबाट ८ हजार प्रतिनिधि सहभागी हुने पार्टीका केन्द्रीय सदस्य अरुण कुमार चौधरीले जानकारी दिए ।

महाधिवेशनबाट २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन हुनेछन् । नाउपामा अध्यक्ष, सहध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित हुनेछन् ।

महाधिवेशनको उद्घाटन सत्रमा देशभरका राजनितीक दलका प्रतिनिधिहरु सहभागी हुनेछन् ।


सम्बन्धित खबरहरु