लिभरपुललाई तीन अङ्कको अग्रता, न्युक्यासल ४–२ गोलले पराजित

ओकेखबर संवाददाता १७ पुष २०८०, मंगलवार ०७:४९ मा प्रकाशित ( महिना अघि) ७६ पाठक संख्या

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले तीन अङ्कको अग्रता बनाएको छ । गएराति भएको खेलमा शीर्षस्थानको लिभरपुलले न्युक्यासललाई ४–२ गोलले हरायो ।

लिभरपुलका लागि मोहम्मद सलाहले दुई तथा कर्टिस जोन्स र कोडी गाक्पोले समान एक/एक गोल गरे । सलाहले खेलको ४९औँ र ८६औँ मिनेटमा पेनाल्टीमा गोल गरे । न्युक्यासलका अलेक्जेन्डर इसाक र स्वेन बोटम्यानले एक/एक गोल फर्काए । जितसँगै लिभरपुलको २० खेलमा ४५ अङ्क भएको छ ।

दोस्रो स्थानमा रहेको एस्टनभिल्लाको समान खेलमा ४२ अङ्क छ । लिभरपुलसँग पराजित न्युक्यासलको २० खेलमा २९ अङ्क रहेको छ ।


सम्बन्धित खबरहरु