के होला सन्दीप लामिछानेको क्रिकेट करिअर ?

ओकेखबर संवाददाता १५ पुष २०८०, आईतवार १७:४५ मा प्रकाशित ( महिना अघि) ३६ पाठक संख्या

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कारमा दोषी ठहर्‍याएका सन्दीप लामिछाने राष्ट्रिय टीमबाट स्वतः अलग भएका छन् ।

नेपाल क्रिकेट संघले औपचारिक निर्णय नगरे पनि अदालतको फैसलापछि उनले राष्ट्रको प्रतिनिधित्व गर्न पाउने छैनन् ।

अदालतले शुक्रबार सन्दीपमाथिको मुद्दामा फैसला सुनाउँदै उनलाई दोषी ठहर्‍याएको थियो । उनको सजाय निर्धारण भने भइसकेको छैन । पुस २५ गते काठमाडौं जिल्ला अदालतले सजाय तोक्ने छ । यद्यपि सन्दीपले जिल्लाको फैसलाविरुद्ध थुनाबाहिर रहेरै पुनरावेदन गर्न सक्नेछन् ।

जेल नपरे पनि सन्दीपले नैतिक र कानूनी रुपमा राष्ट्रिय टीमबाट खेल्न नमिल्ने नेपाल क्रिकेट संघ स्रोतले बतायो । यद्यपि गम्भीर अभियोग प्रमाणित भएका खेलाडीले राष्ट्रिय टीमबाट खेल्न पाउने वा नपाउनेबारे स्पष्ट कानूनी व्यवस्थाको भने अभाव छ ।

सन्दीपले शनिबार वीरगञ्जमा भएको प्रो क्लव च्याम्पियनसीपको फाइनलबाट पनि हात झिकेका थिए । उक्त प्रतियोगितामा पर्साको नेतृत्व गरेका सन्दीपले टीमलाई फाइनलमा पुर्‍याए पनि अन्तिम खेलमा उनी अनुपस्थित भएपछि पर्साले पराजय व्यहोरेको छ ।

सन्दीपविरुद्ध जाहेरी दर्ता भएलगत्तै उनलाई निलम्बन गरेको नेपाल क्रिकेट संघ (क्यान) ले अदालतले गरेको फैसलापछि औपचारिकरुपमा केही बोलेको छैन । क्यान सन्दीपबारे कुनै निर्णय नलिने र फैसला कायम रहुञ्जेल टिममा नराख्ने मनस्थितिमा देखिएको छ


सम्बन्धित खबरहरु