एनसेलको शेयर बिक्रीबारे कुनै जानकारी भए इमेल गर्न छानबिन समितिको आग्रह

ओकेखबर संवाददाता २५ मंसिर २०८०, सोमबार ०८:५३ मा प्रकाशित ( महिना अघि) ३६ पाठक संख्या

काठमाडौं । एनसेलको शेयर खरिद बिक्री अध्ययन तथा छानबिन समितिले औपचारिक रुपमा काम थालेको छ । सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा सचिवालय स्थापना गरेर समितिले काम थालेको हो ।

सरकारले तोकेको कार्यादेशअनुसार काम थालिएको र एक महिनाभित्र प्रतिवेदन पेस गर्ने आयोगले जनाएको छ । आयोगका अनुसार यसबीचमा विभिन्न नियामक निकाय, सरकारी अधिकारी, सेवा प्रदायक कम्पनीसँग छलफल हुनेछ । त्यसक्रममा विज्ञ, विभिन्न सरोकारवाला सङ्घसंस्था र व्यक्तिहरुसँग समेत छलफल गर्ने समितिले जनाएको छ ।

समितिले यसबारेमा कुनै जानकारी भए [email protected] इमेल गर्न समेत आग्रह गरेको छ । मलेसियाली कम्पनी आजियाटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत स्वामित्व स्पेट्रलाइट यूके लिमिटेडलाई बिक्री गरेपछि कारोबार आकस्मिक र अविश्वसनीय भएको भन्दै प्रश्न उठेको थियो । यसबारे छानबिन गर्न दबाब बढेपछि सरकारले पूर्वमहालेखा परीक्षक टङ्कमणि शर्माको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।


सम्बन्धित खबरहरु