अमेरिको प्रलोभनमा परी रकम ठगी गर्ने व्यक्ति पक्राउ

ओकेखबर संवाददाता २४ मंसिर २०८०, आईतवार १८:१२ मा प्रकाशित ( महिना अघि) ३३ पाठक संख्या

काठमाडौं । वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भन्दै ८ लाख रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले शुक्रबार एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्ने‍मा बर्दिया मधुवन नगरपालिका-६ घर भई ललितपुर गोदावारी नगरपालिका-१० बस्ने ३० वर्षीय अभिषेक श्रेष्ठ रहेका छन्।

श्रेष्ठले १ जनालाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाई प्रतिष्ठित होटलमा मासिक ३ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर लगनखेलबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।


सम्बन्धित खबरहरु