गृहमन्त्री श्रेष्ठलाई ५ दिन अस्पतालमै राखिने

ओकेखबर संवाददाता २० मंसिर २०८०, बुधबार १३:१४ मा प्रकाशित ( महिना अघि) ३८ पाठक संख्या

काठमाडौं । मुटुमा समस्या देखिएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पाँच दिनसम्म अस्पतालमै राखिने भएको छ। गएराति गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा भर्ना भएका उनलाई तीनदेखि पाँच दिनसम्म अस्पतालमै राखिने चिकित्सकहरूले बताएका छन्।

हाल उनलाई सघन उपचार कक्ष (आईसीयू)मा राखिएको छ । स्वास्थ्य अवस्था सामान्य एवम् स्थिर रहेको उनको सचिवालयले जनाएको छ ।

श्रेष्ठको ‘एन्जियोप्लास्टी सर्जरी’ गरिएको छ । डा. अरुण मास्केसहितको चिकित्सक टोलीले केही राति नै ‘एन्जियोप्लास्टी सर्जरी’ गरेको हो ।

आज बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अस्पताल पुगेर उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। त्यसपछि चिकित्सकको सल्लाहअनुसार अन्य भेटघाट बन्द गरिएको छ।


सम्बन्धित खबरहरु