चिसोमा छालालाई कसरी जोगाउने ?

ओकेखबर संवाददाता १७ मंसिर २०८०, आईतवार ०८:०१ मा प्रकाशित ( महिना अघि) ४७ पाठक संख्या

काठमाडौं । जाडो मौसम सुरु हुनेबित्तकै हाम्रो शरीरमा पानीको मात्रा कम हुन्छ। छालामा धेरै किसिमका समस्या देखा पर्छन्। पछिल्लो समय व्यस्त जीवनशैलीका कारण तनाव एवं थकान बढी हुन्छ। यसले पनि छालालाई असर गरिरहेको हुन्छ। तनावको प्रत्यक्ष असर अनुहारमा देखिन्छ।

 

छालालाई कसरी जोगाउने ?

विषेशगरी न्यानो खपडा लगाउने, छालामा छुने कपडा प्रायः सुती कपडा लगाउँदा फाइदा गर्छ। उनलको कपडा लगाउँदा झन् राम्रो।

कोरोनाबाट बच्न हामीले धेरै मास्क प्रयोग गरेका हुन्छौं। यस्तो बेला राम्रो मास्क लगाउने। धेरै थिचेर मास्क नगाउने। आफू एक्लै भएका बेला मास्क खोल्ने। बिनामास्क बस्ने। छाला सुक्खा पार्ने फेसवास प्रयोग नगर्ने। डन्डिफोर आएका छन् भने नचलाउने।

–नुहाउँदा सावोर जेल प्रयोग गर्ने वा बजारमा पाइने माइल सोप डोप, पिआर साबुन प्रायोग गर्ने।

–छोरी मान्छेले बढी पानी छोइराख्नुपर्ने भएकाले जाडोमा धेरै समस्या देखापर्छन्। हातका औंला फुट्नेजस्ता समस्या आउँछन्। औंला पाक्ने सस्या मंसिर, पुस र माघसम्मै हुन्छ। तसर्थ बाक्लो पञ्जा लगाएर हिँड्ने। भाँडा माझ्दा पञ्जा लगाएर माझ्ने, बिहान–बेलुका मनतातो पानीमा हात डुबाउने।

–जाडोमा छाला सुक्खा हुन्छ। मनतातो पानीमा बिहान बेलुका अनुहार धुने, राती फेसवास, क्लिन्जर प्रयोग गर्ने।

–खानपानमा पर्याप्त ध्यान दिनुपर्छ, समयमा खानुपर्छ। पानी पर्याप्त पिउनुपर्छ। त्यसैले पर्याप्त समय निदाउनुपर्छ। कम्तीमा ७ देखि १० घण्टा सुत्नुपर्छ।

–अर्को कुरा, नियमित शारीरिक व्यायाम पनि आवश्यक छ। नियमित व्यायामले तपाईंको शरीरबाट पसिनासँगै धेरै विकार बाहिर निकाल्छ, शरीरलाई ऊर्जाशील र अनुहार सफा बनाउँछ।

–डन्डिफोर र छाला चाउरी पर्नेजस्ता समस्या सामान्य भए पनि त्योभन्दा जटिल समस्या पनि देखिन्छ। मुख्य कुरा, मानसिक रूपमा सन्तुष्ट हुनुपर्छ। आफू जे छु त्यसैमा सन्तोष गर्न सक्यो, आफैंलाई राम्रो ठान्यो भने अनुहारमा स्वतः चमक आउँछ।

 

सनस्क्रिन किन प्रयोग गर्ने ?

जाडोको समयमा सनस्क्रिन क्रिम दिनको ३ पटक अनुहारमा लगाउनुपर्छ। चिसो मौसमको घाम झन् धेरै हानिकारक हुन्छ। त्यसैले सनस्क्रिन प्रयोग गर्नुपर्छ। घामले अनुहारको छालालाई बढी सुक्खा बनाउँछ। यो बेला घामले पनि छालामा समस्या आउन सक्छ। त्यसैले छालालाई घामबाट पनि बचाउनुपर्छ। यसका लागि घरबाहिर निस्कनुअघि सनस्क्रिन क्रिम लगाउनुपर्छ। सनस्क्रिनले प्रदूषणबाट पनि हाम्रो छालालाई जोगाउँछ।

-छाला तथा सौन्दर्य विशेषज्ञ डा.ललन खतिवडा


सम्बन्धित खबरहरु