भक्तपुरमा पहिलो पटक एमआरआई सेवा

ओकेखबर संवाददाता २२ कार्तिक २०८०, बुधबार ०८:१२ मा प्रकाशित ( महिना अघि) ४७ पाठक संख्या

काठमाडौं । भक्तपुरमा पहिलो पटक एमआरआई सेवा शुरु भएको छ । मध्यपुरथिमिमा विगत १३ वर्षदेखि सञ्चालनमा रहेको मध्यपुर अस्पतालले आफ्नो स्थापनाको १३ वर्षमा १३ करोडको लागतमा एमआरआई सेवा सञ्चालनमा ल्याएको अस्पताल सञ्चालक समितिका अध्यक्ष विष्णुराज कार्कीले जानकारी दिए ।

बिरामीको उपचार सेवालाई थप प्रभावकारी बनाउन र एमआरआई सेवाका लागि बिरामीले काठमाण्डौका विभिन्न अस्पतालमा भौँतारिन नपरोस् भनी सहुलियतमा सेवा दिने गरी एमआरआई मेसिन ल्याएर सेवा शुरु गरेको उनले बताए ।

अस्पतालकी निर्देशक एवम् वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. रविना प्रधानाङ्गले विभिन्न रोग पत्ता लगाउन रेडियोलोजी विधामा एक्सरे, अल्ट्रासाउन्ड र सिटी स्क्यानपछि नयाँ प्रविधिको रुपमा एमआरआई प्रविधिको विकास भएको बताए ।


सम्बन्धित खबरहरु