अब पासपोर्ट जिल्ला प्रशासन कार्यालयबाट पाउने : राहदानी विभाग

ओकेखबर संवाददाता २० असार २०७९, सोमबार ०७:२२ मा प्रकाशित ( साल अघि) १०४ पाठक संख्या

काठमाडौं । राहदानी विभागले जिल्ला प्रशासन कार्यालयबाट आवेदन भएका राहदानीहरु प्रत्येक हप्ता प्रिन्ट गरी पठाउने व्यवस्था गरेको जनाएको छ।

विभागका प्रववक्ता शरदराज आरणले आवेदन दिएको १० देखि १५ दिनमै राहदानी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पुग्ने भएकाले काठमाडौं नआउन भनेको हो।

विभागले राहदानी लिनेहरुको संख्या तीन महिनादेखि उल्लेख्य बढिरहेको जनाँदै सेवा प्रभावकारी बनाउन क्षमता अभिवृद्धिका साथै सबै जिल्ला प्रशासन कार्यालय र १७ वटा इलाका प्रशासन कार्यालयबाट समेत नियमित रुपमा राहदानी आवेदन गर्ने व्यवस्था मिलाइएको जनाएको छ।

पछिल्लो समय राहदानी लिने नागरिकको लाइनले अवस्था अस्तव्यस्त हुन थालेपछि राहदानी विभागले सेवाग्राहीलाई काठमाडौं नआउन भनेको हो ।


सम्बन्धित खबरहरु