रोनाल्डोको कीर्तिमान, युभेन्टस विजयी

ओकेखबर संवाददाता १९ फाल्गुन २०७७, बुधबार ०८:०९ मा प्रकाशित ( साल अघि) ४५३ पाठक संख्या

काठमाडौं । इटालियन सिरि ए फुटबलमा युभेन्टसले शानदार जीत दर्ता गरेको छ ।

मंगलबार राति भएको खेलमा स्पेजियालाई ३–० गोल अन्तरले पराजित गर्दै तालिकाको तेस्रो स्थानमा छ । युभेन्टसलाई जिताउन अल्भारो मोराटा, फेडरिको चेजा र क्रिष्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए ।

यससँगै गएराति ओल्ड लेडी मैदानमा उनले अर्को कोशेढुंगा पनि पूरा गरे। उनले जारी सिजनमा २० गोल पूरा गरेका छन्। इटालियन सिरी ए अन्तर्गत गएराति स्पेजियाविरुद्ध तेस्रो गोल गर्दै उनले दोस्रो कोशेढुंगा पार गरे। सो गोलसँगै रोनाल्डोले पछिल्ला १२ लिगमा लगातार २० गोलको आँकडा पार गरेका छन्।

युरोपियन शीर्ष पाँच लिगमा यो आँकडा पूरा गर्ने उनी पहिलो खेलाडी बनेका छन् । युभेन्टस्ले स्पेजियाविरुद्ध ३–० गोलको जित निकाल्ने क्रममा सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो। रोनाल्डोले अन्तिम मिनेटमा काउन्टर अट्याक गर्दै गोल गरेका थिए।

त्यसअघि नै अल्भेवेरो मोराटा र फ्रेडरिको चिइसाले गोल गर्दै २–० गोलको अग्रता बनाएका थिए। गएरातिको जितले युभेन्टस् दोस्रो स्थानका एसी मिलानभन्दा तीन अंक पछि ६ भने इन्टर मिलानभन्दा सात अंक पछि छ।


सम्बन्धित खबरहरु