यस्तो छ तमु ल्होसारको विशेषता

ओकेखबर संवाददाता १५ पुष २०७७, बुधबार १२:०३ मा प्रकाशित ( साल अघि) ३९७ पाठक संख्या

काठमाडौ‌ । आज पौष महिनाको १५ गते तमु (गुरुङ) समुदायको साँस्कृतिक चाड तमु ल्होसार । गुरुङ समुदायको परम्परागत साँस्कृतिक मान्यता अनुसार यस पटकको तमु ल्होसार मुसा बर्गलाई विदाई गर्दै गाई बर्गलाई स्वागत गरी मनाईंदैछ ।

तमु ल्होसार विभिन्न १२ वटा जीवजन्तुमा आधारित बर्गमा आधारित हुन्छ । जसमा गाई, बाघ, बिरालो, गिद्ध, सर्प, घोडा, भेंडा, बाँदर, चरा, कुकुर, मृग र मुसा रहेका छन । हरेक बर्षको षौष १५ मा एउटा वर्ग जाने र अर्को वर्ग आउने चक्र निरन्तर चलिरहन्छ । गुरुङ समुदायमा बर्गलाई बर्षको रुपमा मानिन्छ र त्यही बमोजिम गणना पनि गरिन्छ । जसअनुसार पौष १५ गते तमु समुदायले मनाउने तमु ल्होसार पर्वमा बर्ग फेरिने भएकाले आजको दिनलाई नयाँ बर्षको रुपमा पनि लिइन्छ ।

गुरुङ समुदायका पुरोहितहरु, बोन्पो लम, प्हच्यु, क्ल्हेप्रीले पौष १४ गते मध्यरात १२ बजे दोखदोखालो मन्साउनेदेखि लिएर ग्रह शान्तिलगायतका धार्मिक अनुष्ठान गरी पुरानो बर्गलाई विदाई गरी नयाँ बर्गको स्वागत गर्ने परम्परा छ । कतिपय स्थानमा पौष १४ गते मध्यरातमा पुजा गरिए पनि पौष १५ गतेको विहानीको झुल्के घामसंगै नयाँ बर्ग वा नयाँ बर्ष प्रारम्भ हुने मान्यता पनि रहेको छ ।

देश तथा विदेशमा रहेका सम्पूर्ण तमुहरुले तमु ल्होसार आ–आफ्नै मान्यता, शैली र अवस्था अनुसार मनाउँदै आएको पाइन्छ । यस बर्ष कोरोना महामारीका कारण गत बर्षको जस्तो रौनक नभए पनि घर घरमै ल्होसार मनाउन तमू ह्युल छोंज धिं, गुरुङ राष्ट्रिय परिषदले आह्वान गरेको छ ।

काठमाडौंमा रहेको तमूहरुले अघिल्ला बर्षहरुमा टुंडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्ने गरेको भएपनि यस बर्ष कोरोना संक्रमण जोखिमका कारण घरघरमै चाड मनाउन परिषदले आग्रह गरेको हो ।


सम्बन्धित खबरहरु