साउदीको दमामबाट काठमाडौंको लागि थप ९ चार्टर उडान हुने

ओकेखबर संवाददाता ५ आश्विन २०७७, सोमबार १०:५२ मा प्रकाशित ( साल अघि) ७११ पाठक संख्या

दोहा । साउदी अरवको दमामबाट काठमाडौंको लागि थप ९ वटा चार्टर उडान हुने भएका छन् । साउदीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै थप उडान तालिका सार्वजनिक गरेको हो।

दूतावासका अनुसार नेपाल एअरलाइन्सले सेप्टेम्बर २३, २४,२५,२७, र २९ तारिखमा दमामबाट उडान गर्ने भएकाले नेपाल जान चाहनेले टिकट लिन सक्नेछन् ।

यसैगरी हिमालय एअरलाइन्सले दमामबाटै सेप्टेम्बर २५ र ३० मा एकरएक तथा २९ तारिखमा दुई उडान हुने जनाएको छ ।

साउदी अरवबाट पीसीआर परीक्षण गरेर नेपाल जाने यात्रुले ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्टसमेत साथमा लिनुपर्ने जनाएको छ ।

यात्रुले उडान समयको ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ भएको प्रमाण र कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको वेभसाइटमा राखिएको अनलाइन इन्ट्री फारम भरेको कागजात अनिवार्य रुपमा लिएर जानुपर्ने सूचनामा उल्लेख छ।

पीसीआर परीक्षण नगरी चार्टर उडानमार्फत स्वदेश फर्किने यात्रुहरुले नेपाल पुगेपछि ७ दिनसम्म आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा बस्नुपर्ने दूतावासले जनाएको छ ।


सम्बन्धित खबरहरु