सर्वोच्च न्यायाधीश तथा महिला अधिकारवादी अभियन्ता गिन्सबर्गको निधन

ओकेखबर संवाददाता ४ आश्विन २०७७, आईतवार ०८:५२ मा प्रकाशित ( साल अघि) ४३७ पाठक संख्या

वासिङ्टन । महिला अधिकारवादी अभियन्ताको रूपमा पनि निकै चर्चित अमेरिकी सर्वोच्च अदालतकी न्यायाधीश रुथ ब्याडर गिन्सबर्गको ८७ वर्षको उमेरमा निधन भएको छ।

मेटास्टिक प्यान्क्रियाटिक क्यान्सरबाट वासिङ्टन डीसीस्थित आफ्नै निवासमा उनको शुक्रबार निधन भएको अदालतले जनाएको छ।

यसै वर्षको शुरूमा गिन्सबर्गले आफ्नो क्यान्सर उपचारको क्रममा केमोथेरापी चलिरहेको जानकारी दिएकी थिइन्। प्रमुख नारीवादी व्यक्तित्वकी धनी उनी अमेरिकामा लिबरमाझ आदर्श बन्न सफल भएकी थिइन्। अमेरिकी न्याय क्षेत्रकै उनी सबैभन्दा ज्येष्ठ सदस्य थिइन्।

 

साथै, सर्वोच्च अदालतमा सबैभन्दा लामो सेवामा रहने उनी दोस्रो महिला पनि हुन्। उनले २७ वर्ष लामो सेवाकाल पूरा गरेकी छन्। सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोह्न रोबर्टससले राष्ट्रले एक ऐतिहासिक न्यायविद् गुमाएको कुरा समवेदना विज्ञप्तिमा उल्लेख गरेका छन्।

रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरको राष्ट्रपतीय चुनावअघि नै गिन्सबर्गको स्थानमा आफ्नो पक्षका व्यक्तिलाई नियुक्त गर्ने सम्भावना बढेको छ। आफ्नो मृत्युको केही दिनअघि उनले नयाँ राष्ट्रपति नियुक्त नभएसम्म आफ्नो प्रतिस्थापित नहोस् भन्ने आफ्नो ठूलो इच्छा रहेको बताएकी थिइन्।


सम्बन्धित खबरहरु