विश्वभर कोरोना संक्रमितको संख्या तीन करोड नाघ्यो

ओकेखबर संवाददाता २ आश्विन २०७७, शुक्रबार ०९:४९ मा प्रकाशित ( साल अघि) ४४६ पाठक संख्या

एजेन्सी । विश्वभरी कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या सङ्ख्या तीन करोड नाघेको छ ।

संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोना भाइरसबाट हालसम्म मृत्यु हुनेहरूको सङ्ख्या नौ लाख नाघेको छ। कोरोना भाइरसबाट विश्वमै सबैभन्दा धेरै सङ्क्रमण र मृत्यु अमेरिकामा भएको छ।

हालसम्म अमेरिकामा ६६ लाख ६९ हजार ३ सय २२ भन्दा बढी सङ्क्रमित भएका छन् भने १ लाख ९७ हजार ५ सय ८९ जनाको मृत्यु भएको विश्वविद्यालयले जनाएको छ।

कोरोना भाइरसबाट अमेरिकापछि भारतमा दोस्रो धेरै सङ्क्रमित छन् । सर्बाधिक संक्रमित भएका देशको सूचिमा ब्राजिल तेस्रो स्थानमा छ ।

मृतकको सङ्ख्यामा भने ब्राजिल दोस्रो स्थानमा छ भने भारत तेस्रो स्थानमा छ। ब्राजिलमा १ लाख ३४ हजार १ सय ६ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने भारतमा हालसम्म ८३ हजार १ सय ९८ जनाको मृत्यु भएको छ।

चौथो स्थानमा रहेको रुसमा १० लाख ८१ हजार १५२ सङ्क्रमित छन् भने पाँचौँ स्थानमा रहेको पेरुमा ७ हजार ४४ हजार ४ सयभन्दा बढी सङ्क्रमित छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार कोरोना भाइरसबाट हालसम्म सबैभन्दा नराम्ररी प्रभावित देशका रूपमा अमेरिका, भारत र ब्राजिल रहेका छन् । यद्यपि सुरुवाती समयमा अत्यधिक प्रभावित रहेका युरोपेली देशमा विस्तारै संक्रमण बढ्न थालेको छ ।


सम्बन्धित खबरहरु