थपिए ११ सय कोरोना सङ्क्रमित, १५ जनाको मृत्यु

ओकेखबर संवाददाता ३० भाद्र २०७७, मंगलवार ०७:२६ मा प्रकाशित ( साल अघि) ३४२ पाठक संख्या

सोमवारसम्म २४ घण्टामा गरिएको परीक्षणमा १,१७० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सो अवधिमा १५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ। यो एकै दिन पुष्टि गरिएको मृतकको सर्वोच्च सङ्ख्या हो।

यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ५५,००० नाघेको छ। अहिलेसम्म ३६० जनाको कोभिड(१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सङ्क्रमितमध्ये ८७९ जना कोभिड(१९ मुक्त भएको प्रमाणित भएका छन्।


सम्बन्धित खबरहरु